ad ad

राजनीति


समाजवादी पार्टी सचिव इस्तियाक राइ भन्छन्ः पार्टी विभाजनको हल्ला निराधार

समाजवादी पार्टी सचिव इस्तियाक राइ भन्छन्ः पार्टी विभाजनको हल्ला निराधार

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ७:२६,

पूर्वमन्त्री तथा संघीय समाजवादी पार्टीका सचिव तथा सांसद मोहम्मद इस्तियाक राईले पार्टीभित्र आफ्नो असन्तुष्टि रहेपनि पार्टी नै विभाजनको अवस्थामा नरहेको स्पष्ट पारेका छन्।

उनले समाजवादीमा पार्टीभित्र विवाद भएको स्वीकार गर्दै पार्टी विभाजनमा जाने अवस्था भने नरहेको दाबी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टीको संसदीय दल वा केन्द्रीय समितिमध्ये एकतर्फ ४० प्रतिशत सदस्यले चाहेमा पार्टी बिभाजन गरी नयाँ पार्टी बनाउन पाउनेगरी अध्यादेश ल्याउने सोमबारको मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएका थिए।

त्यसको केहि घन्टामैं राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन्।

उक्त अध्यादेश समाजवादी पार्टी लगायत केहि दल टुक्र्याएर नेकपा प्रवेश गर्न चाहनेका लागि ल्याइएको भन्दै प्रधानमन्त्री ओलीले सोमबार बेलुका बसेको नेकपाको सचिवालय बैठकमा व्रिफिङ गरेका थिए।

तर समाजवादी पार्टीका नेता इस्तियाक राईले तत्काल पार्टी विभिाजनको संभावनालाई अस्वीकार गरे।

‘अहिले सबै राजनीतिक दल नेकपा, कांग्रेस, सबैतिर विवाद छ, हाम्रोमा पनि असन्तुष्टि र विवाद छ,’ नेपालखबरसँग कुरा गर्दै राईले भने, ‘त्यो असन्तुष्टिलाई पार्टीभित्र व्यवस्थापन गर्न सकिन्छ भन्नेमा हामी छौं, विभाजन भएर जाने अवस्था छैन।’

प्रधानमन्त्री ओली नेतृत्वको सरकारबाट समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बाहिरिए देखिनै राई असन्तुष्ट रहेको बताइएको थियो। राई ओली सरकारमा सहरी विकासमन्त्री थिए।

सोही आधारमा प्रधानमन्त्री ओलीले समाजवादी पार्टीलाई विभाजन गर्नेगरी अध्यादेश ल्याएको चर्चाबीच राईले उक्त संभावना नरहेको प्रतिक्रिया दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .