राजनीति


असोज १ गते सार्वजनिक बिदा, शोक मनाउने सरकारको निर्णय

असोज १ गते सार्वजनिक बिदा, शोक मनाउने सरकारको निर्णय

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १९:५६, काठमाडौँ

असोज १ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको सम्मानमा शोक मनाउने निर्णय गरेको हो। 

यसका लागि सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री ‌ओमप्रकाश अर्यालले जानकारी दिए। आन्दोलनमा ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने पनि उनको भनाइ छ। 

ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय भएको अर्यालले जानकारी दिए।    

रकम अर्थमन्त्रालयमार्फत निकासा गर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुनेछ।  

ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका भए यातायात र हवाई खर्च सरकारले बेहोर्ने निर्णय पनि आजको बैठकले गरेको अर्यालले जानकारी दिए।

घाइतेहरूको नि:शूल्क उपचार जारी राख्ने निर्णय पनि भएको छ। त्यस्तै जेनजी आन्दोलनमा दमन भएको भनिएको र त्यसबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad