भदौ २३ र २४ गते देशभरसँगै भएको जेनजी आन्दोलनबाट कर्णाली प्रदेशका तीन जिल्लाका सरकारी तथा निजी भौतिक संरचना तहसनहस बनाएको छ। आन्दोलनबाट प्रदेशभर जम्मा ५२ वटा निजी तथा सरकारी भवनहरुमा क्षति पुगेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयसँग हालसम्म उपलब्ध भएको जानकारी अनुसार क्षति भएका सरकारी तथा निजी भौतिक संरचनमा सुर्खेतमा ४४, जुम्लामा ६ र मुगुमा २ छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले आन्दोलनबाट संघीय कार्यालय ५, प्रादेशिक कार्यालय ७, जिल्ला तथा स्थानीय कार्यालय १७, व्यक्तिगत निजी ८, अन्य संघ संस्था ३ र पार्टी कार्यालय १२ वटामा पूर्ण, आंशिक र सामन्य क्षति भएको जानकारी दिए।
प्रहरीका अनुसार संघीय १, प्रादेशिक ४, जिल्ला तथा स्थानीय ७ व्यक्तिगत ४, अन्य संघ संस्था १ र पार्टी कार्यालय ७ वटा पूर्ण रुपमा जलेर नष्ट भएका छन्।
प्रवक्ता खनाललका अनुसार ४५ वटा सवारी साधनमा क्षति पुगेको छ। जसमा सरकारी गाडीहरुमा पूर्णरुपमा ६ वाटा, १३ आंशिक गरी जम्मा १९ र मोटरसाइकतर्फ १४ वटा पूर्ण र ५ वटा आंशिक गरी जम्मा १९ वटा रहेका छन्।
यस्तै, निजी २ वटा गाडी पूर्ण रुपममा र ४ वटा पूर्ण र १ वटा मोटरसाइकल आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ।
साथै जेनजी आन्दोलनमा प्रदेशभर १३ जना सर्वसाधारण् घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया