राजनीति


सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी

नेपालखबर
भदौ २९, २०८२ आइतबार १६:५२, काठमाडौँ

आफूलाई जेनजी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ। 

रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो। 

अहिले प्रहरी पुगिसकेको छ। उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ। 

गुरुङको पत्रकार सम्मेलनमा हात हालाहालको स्थिति सृजना भएको छ ।

पत्रकार सम्मेलनमा एक पत्रकारले ७० वर्षको 'बा'लाई हटाएर ७३ वर्षको 'आमा'लाई ल्याएर कसरी परिवर्तन भयो? भन्ने प्रश्नमा सुदनले आक्रोषित हुँदै पत्रकारलाई जवाफ फर्काएका थिए। 

 '८० वर्षको नेपाल परिवर्तन भएको छ यो परिवर्तन होइन?  के कुरा गरेको तपाईंले? भन्दै झर्किएका थिए। त्यसपछि पत्रकारहरूले थर्काएको? भन्दै उनलाई घेरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad