राजनीति


रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु, पत्र बुझ्ने म हुँ, फेक होइन : डीपी अर्याल

रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु, पत्र बुझ्ने म हुँ, फेक होइन : डीपी अर्याल

नेपालखबर
भदौ २८, २०८२ शनिबार ६:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले जेन-जी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका आफ्ना सभापति रवि लामिछानेले कारागारबाट पाएकाे पत्र नक्कली नभएको दाबी गरेका छन्। 

उनले आफू लामिछाने जेलबाट निस्कने बेलाको साक्षी भएको भन्दै त्यो पत्र बुझ्ने पनि आफैँ भएको उल्लेख गरेका छन्। 

अर्यालले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने म हुँ ,पत्र मेरो अगाडि हस्ताक्षर भएको हो। पत्र फेक होइन, हतार र हतासमा बेहोराहरू तलमाथि भएको हुनसक्छन्, मिति हामीले सच्याएको होइन। सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ। यस्ता पत्रहरू कम्प्युटरमा भएकै बेहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान्। कुरा त्यति हो।’

गृह मन्त्रालयलगायत सम्बन्धित सबै नकाियसँग समन्वय गर्ने आफू भएकाले त्यो पत्रका विषयमा सभापति लामिछानेलाई कुनै जानकारी नभएको जिकिर पनि रास्वपाका कार्यवाहक सभापति अर्यालले गरेका छन्। 

‘गृह मन्त्रालयलगायतका सुरक्षा निकाय सबैसँग समन्वय गर्ने म हुँ। यसमा सभापतिज्यूलाई केही जानकारी छैन। सबैलाई साक्षी राखेर म यो कुरा गर्न सक्छु। कोही भ्रममा नपर्नुस्। पार्टी सभापतिलाई जेलले निस्क भन्यो। उहाँले पत्र माग्नुभयो। हामीले समन्वय गर्‍यौँ, यसमा उहाँको के दोष? एक तर्फी समाचारको पछाडि लागेर धारणा बनाउन जरुरी छैन। १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो। समयमा सभापतिज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ। दुनियाँले देखेको छ, उहाँ भाग्नुभएको होइन’, उनले भनेका छन्, ‘हामी लगातार सुरक्षा निकायको समन्वयमा छौँ, नक्खु कारागारको अवस्था ठिक छैन। त्यसैले सीडीओलगायतका निकायहरूसँग समन्वयमा बसेर सम्पर्कमा बसेका छौँ। बोलाउनेबित्तिकै आउँछौँ भनेर भनेका छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad