राजनीति


राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानसेनापति

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानसेनापति

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १३:२०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठनलगायतको विषयमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका छन्।

सिग्देल केहीबेरअघि शीतलनिवास पुगेका हुन्। अन्तरिम सरकार गठनको विषयमा उनीहरूबीच छलफल हुने बताइएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार जेनजीको माग सम्बोधन हुने गरी संविधानकै दायरामा रहेर समस्या समाधान गर्ने वक्तव्य जारी गरेका थिए।  

बिहीबार नै पौडेलले प्रधानसेनापतिसहित संविधान तथा कानुनका विज्ञसँग पनि छलफल गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad