राजनीति


राजनीतिक निकासका लागि संवैधान बाटो रोज्नुपर्छ: सांसद शर्मा

राजनीतिक निकासका लागि संवैधान बाटो रोज्नुपर्छ: सांसद शर्मा

सुनिल शर्मा। फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १३:३६, काठमाडौँ

सांसद एवं नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठन गर्न  संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन्।

सांसद शर्माले राजनैतिक अन्योलताका बीच मुलुकलाई संवैधानिक बाटोबाटै निकास दिनुपर्नेमा जोड दिएका छन्। 

उनले आन्दोलनरत युवासमूह, सबै राजनीतिक दल, नागरिक समाज र संवैधानिक विज्ञहरूको सहभागितामा संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरेका छन्। 

स्वच्छ छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने, ६ महिनादेखि एक वर्षभित्र आम निर्वाचन र निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने जनाए छन्। 

शक्ति सन्तुलन ,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपति र प्रधानमन्त्रीमन्त्री हुन नपाउने व्यवस्था गर्ने, न्यायालय सुधार  विगतमा भएका राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत न्यायाधीश नियुक्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्। 

भ्रष्टाचार छानबिन र उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी २०४६ सालपछि भएका सबै उच्च ओहोदाधारीको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, राजनीतिक दल सुधार राजनीतिक दलको पदाधिकारीहरूको कार्यकाल ४ वर्षमा सीमित गर्ने, अनिवार्य महाधिवेशन नगरेमा दलको दर्ता स्वतः खारेज गर्नुपर्ने जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad