राजनीति


राष्ट्रपतिले जारी गरिन् राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १३:४,

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश जारी गरेकी छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै पार्टीको केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्यले पार्टी विभाजन गर्नसक्ने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेको जानकारी दिएका छन्।

President office notice 1

याे पनि: 
पार्टी विभाजनको प्रावधान खुकुलो बनाउन अध्यादेश ल्याउँदै सरकार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad