नेपाली सेनासहित अन्य सुरक्षा फौजले आज बिहीबार पनि भागेका कैदीलाई नियन्त्रणमा लिने र हतियार बरामद गर्ने कामलाई तीव्रता दिएका छन्।
सेनाका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदी, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ बालबन्दी, धादिङस्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना नियन्त्रणमा लिइएको छ।
हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियार बरामद भएको छ। त्यस्तै काभ्रेपलान्चोकको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ।
102
Shares

प्रतिक्रिया