राजनीति


संसदीय सुनुवाइमा चार राजदूत

संसदीय सुनुवाइमा चार राजदूत

नेपालखबर
असार २३, २०७६ सोमबार ८:१०,

 सरकारले सिफारिश गरेका चार जना राजदूतहरुको संसदीय सुनुवाइ विशेष समितिमा सोमबार सुनुवाइ सुरू भएको छ। बिहान सिंहदरबारमा बसेके बैठकले बंगलादेशका लागि प्रस्तावित राजदुत डा. बंशीधर मिश्रको सुनुवाइ गर्‍यो।

अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदुत नारद भारद्धाज र स्पेनका लागि प्रस्तावित राजदुत दावाफुटी शेर्पा सुनुवाई बाँकी छ।

बैठक आज ३ बजे पुनः बसेर थप सुनुवाई गर्ने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत मिश्रले आफूले बंगलादेशको कनेक्टिभीटीलाई जोड दिएर अघि बढने प्रतिवद्धता व्यक्त गरेका थिए। उनीविरूद्ध सुनुवाइ समितिमा २ उजुरी थिए। उजुरीकर्ता समिति बैठकमा आउन नमानेपछि बैठक  लागि स्थगित गरिएको लक्ष्मणलाल कर्णले जानकारी दिए।

नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग विद्युत् विक्री गर्न कूटनीतिक पहल गर्ने उनले सुनाए।

गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदुत सिफारिस गरेको थियो। समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad