काठमाडौँको बानेश्वरमा प्रहरीले निरन्तर गोली चलाइरहको छ।
संसद भवन आसपासबाट हिँड्नेहरूलाई ताकेर प्रहरीले गोली हानिरहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले यस क्षेत्रमा कर्फ्यु घोषणा गरेको छ।
भर्खरै प्रहरीले हानेको गोली लागी दुई जना घाइते भएको र उनीहरूको उद्धार पनि भइसकेको घटनास्स्थलबाट नेपालखबरर्मी सम्झना घिमिरेले जानकारी दिइन्।
दिनभरको प्रदर्शनमा सबैभन्दा बढी मानवीय क्षति पनि बानेश्वरमै भएको छ।
दिनभर तनावग्रस्त बनेको बानेश्वर क्षेत्र केहीबेर सेनाले नियन्त्रणमा लिएको थियो। पछि फेरि प्रदर्शनकारीहरू भेला हुने क्रम बढेपछि प्रहरीले गोली चलाउन थालेको हो।
बानेश्वरमा फेरि गोली चल्यो, ३ जना घाइते
1.0k
Shares

प्रतिक्रिया