राजनीति


बानेश्वरमा फेरि गोली चल्यो, ३ जना घाइते

बानेश्वरमा फेरि गोली चल्यो, ३ जना घाइते

नेपालखबर
भदौ २३, २०८२ सोमबार १८:१०, काठमाडौँ

बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। गोली लागी ३ जना घाइते भएका छन्।

घटनास्थलबाट नेपालखबरकर्मी सम्झना घिमिरेले दिएको जानकारीअनुसार, प्रहरीले तीनवटा गोली प्रहार गरेको थियो। २ जना घाइतेलाई एभरेस्ट अस्पतालमा लगिएको छ भने १ जना एम्बुलेन्समा पठाइँदै छ। 

बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो।

केहीबेरअघि त्यो क्षेत्र सेनाले नियन्त्रणमा लिएको थियो। गल्लीगल्लीमा पसेर पनि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो।

तर, केही समयमै फेरि प्रदर्शनकारी भेला भएपछि तनाव बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad