प्रदर्शनमा उत्रिएका जेनजीहरू काठमाडौँको नयाँ बानेश्वर केन्द्रित हुन थालेका छन्। उनीहरू संघीय संसद् भवन प्रवेश गरेसँगै अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मी पनि बढाइएको छ।
प्रदर्शनकारीले संसद् भवन चारैतिरबाट घेरेका छन्। संसद्का तीनवटै गेट अगाडिको सडक जेनजीको कब्जामा छ। प्रदर्शनकारीले संसद् भवनभित्र ढुंगा प्रहार गरिरहेका छन्।
भ्रष्टाचार मौलाएको, नेताहरू नसुध्रिएको भन्दै जेनजी सडकमा ओर्लिएका हुन्।
150
Shares

प्रतिक्रिया