राजनीति


एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल

एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल

नेपालखबर
भदौ २१, २०८२ शनिबार ११:३१, काठमाडौँ

ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा ९ समूह बनाएर प्रतिवेदनमा छलफल थालिएको छ। 

यसअघि १० समूह बनाउने भनिए पनि ९ वटा मात्र बनाएर केही बेरअघि छलफल सुरु गरिएको हो।

विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए।

साथै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सचिवालय बैठकमा दर्ता गराएका फरक मत पनि समूह छलफलमा पेस गर्ने यसअघि नै निर्णय भइसकेको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ आयोजित एमाले विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ आयोजक सदस्य गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्।

एमालेले विधान महाधिवेशन आइतबारसम्ममा सक्ने तयारी गरेको छ। 

पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि यो विधान महाधिवेशनमा सहभागी हुन प्रयासमा थिइन्। तर अध्यक्ष ओलीले उनको पार्टी सदस्यता नै रद्द गरेपछि सहभागी हुन पाइनन्। जसका कारण भण्डारीपक्षधर रुष्ट छ। उनीपक्षीय नेताले जारी विधान महाधिवेशनमा आफ्ना फरक मत पनि पेस गर्दै छन्। 

पार्टीको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन वञ्चित गरिएपछि भण्डारीले प्रतिनिधिहरूलाई आफ्नो चिठी बाँडेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad