राजनीति


कांग्रेस-एमालेलाई समर्थन गर्नुको विकल्प छैन: केपी ओली

कांग्रेस-एमालेलाई समर्थन गर्नुको विकल्प छैन: केपी ओली

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १२:४९, काठमाडौँ

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले एमाले र नेपाली कांग्रेसलाई समर्थन गर्नुको विकल्प नभएको बताएका छन्। 

पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सोहीकारण एक अर्कालाई समर्थन गर्दै अघि बढेको बताएका हुन्।  

'कांग्रेस र एमालेका अगाडि समर्थन गर्नुको अरु विकल्प छैन।, कि एउटाले समर्थन गर्छ, कि अर्कोले,' ओ‌लीले भने।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जादुगर नम्बर छ भन्ने भ्रम अहिले तोडिएको बताए। 

'हामीसँग जादुयी नम्बर छ भन्ने भ्रम पर्न थालेको थियो- म्याजिक नम्बर। जादु भनेको जादु हो नि। यही जादु आफ्नो हातमा छ भन्ने केही मान्छेलाई भ्रम परेको थियो,' उनले थपे, 'तर, एमाले त्यो १४ महिनाको अवस्था एमालेले फेरेको छ। देशमा अराजनीतिक वेथिति फैलिएको थियो। त्यो नियन्त्रणमा आएको छ। हाम्रो पार्टी लोकतन्त्रको राजका लागि लडेको पार्टी हो। यसको रक्षाका लागि लड्न,ट्याक्टिकल मुभ धरै हुन्छ।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad