राजनीति


आफ्ना मागबारे १७ विद्यार्थी संगठनले गराए राष्ट्रपतिको ध्यानाकर्षण

आफ्ना मागबारे १७ विद्यार्थी संगठनले गराए राष्ट्रपतिको ध्यानाकर्षण

नेपालखबर
भदौ १८, २०८२ बुधबार १८:१३, काठमाडौँ

विभिन्न १७ विद्यार्थी संगठनहरूले विद्यालय शिक्षा विधेयकबारे राष्ट्रपति रामचन्द्र पौडेको ध्यानाकर्षण गराएका छन्। 

बुधबार विद्यार्थी नेताहरू शीतल निवास पुगेर विधेयकका कतिपय प्रावधानप्रति आपत्ति जनाएका हुन्।

९ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थी संगठनहरूले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक जस्ताको तस्तै पास हुन नहुनेमा जोड दिए। 

जवाफमा राष्ट्रपति पौडेलले विद्यार्थीका सबै मागहरुप्रति आफू सकारात्मक रहेको र आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका भेटमा सहभागी अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले बताए।

१७ विद्यार्थी संगठनहरूले कूल वार्षिक बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्नुपर्ने, शिक्षामा निजीकरण र व्यापारिकरण रोक्नुपर्ने, सबै तहको शिक्षालाई क्रमशः पूर्ण निःशुल्क बनाउँदै लैजानुपर्ने, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलगायत राज्य कोषबाट सेवा सुविधा लिनेहरूका जोसुकैका सन्तान अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने, शिक्षक नियुक्ति प्रक्रिया शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने लगायत माग राखेर आन्दोलनको घोषणा गरेका छन्। 

उनीहरूले यसअघि कावा प्रधानमन्त्री प्रकाशमान सिंहसहित विभिन्न दलका नेताहरूसँग भेट गरी माग पत्र बुझाइसकेका छन्।

विद्यार्थी संगठनहरूले भदौ २० देखि २२ गतेसम्म निशुल्क शिक्षाका लागि हस्ताक्षर संकलन, प्रचारप्रसार र रचनात्मक प्रदर्शन, २३ गते देशभरका सिडियो कार्यालयमार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने र २४ गते उपत्यकालगायत देशव्यापी वृहत विद्यार्थी प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्।

मागहरू समयमै सम्बोधन नभएमा थप सशक्त संघर्षका कार्यक्रमहरू घोषणा गरिनेसमेत १७ विद्यार्थी संगठनको चेतावनी रहेको छ।

विद्यालय शिक्षा विधेयक गत भदौ ५ गते प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भइ संसद्‌मा विचाराधीन छ।

उक्त विधेयकले शैक्षिक निजीकरणलाई प्रोत्साहन गरेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल (छैठौं), अखिल (क्रान्तिकारी), विद्यार्थी जनमत संघ, नयाँ शक्ति विद्यर्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ, वैज्ञानिक समाजवादी, अखिल (पाचौं), राष्ट्रिय विद्यार्थी मञ्च, अखिल नेपाल विद्यार्थी युनियन र समाजवादी विद्यार्थी युनियनले संयुक्त आन्दोलनको घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad