राजनीति


एकीकृत समाजवादीमा उपनिर्वाचनका लागि घनश्याम भुसालसहित ७ जनाको सिफारिस

एकीकृत समाजवादीमा उपनिर्वाचनका लागि घनश्याम भुसालसहित ७ जनाको सिफारिस

नेपालखबर
भदौ १७, २०८२ मंगलबार ८:१९, काठमाडौँ

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य चुन्न कात्तिक १७ गते हुने उपनिर्वाचनमा उठाउन नेकपा एकीकृत समाजवादीले ७ जनाको नाम सिफारिस गरेको छ।

एकीकृत समाजवादीको जिल्ला कमिटी बैठकले उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारका रूपमा महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस गरेको हो। भुसाल २०७४ सालमा एमाले उम्मेदवार बनेर त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

अब त्यहाँ हुने उपनिर्वाचनका लागि एकीकृत समाजवादीले महासचिव भुसालसहित पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ का सहइन्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरेको हो। 

जिल्लाले पठाएको सूचीमा छानबिन गरी उम्मेदवार छनोट गर्न गठित कार्यदलले महिलासहित तीनजनाको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्नेछ। त्यसपछि यीमध्ये एक जना छनोट हुनेछन्। 

कार्यदलमा उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सहइन्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इन्चार्ज ई नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad