समाज


काठमाडौँबाट गोरखा जाँदै गरेको बस टारीफाँटमा पल्टिँदा २१ जना घाइते

काठमाडौँबाट गोरखा जाँदै गरेको बस टारीफाँटमा पल्टिँदा २१ जना घाइते

नेपालखबर
भदौ १७, २०८२ मंगलबार ८:२२, काठमाडौँ

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। 

गएराति काठमाडौँबाट गोरखाको माछीखोलातर्फ जाँदै गरेको प्रदेश ०१-००६ ख ४१३१ नम्बरको रात्री बस आज बिहान पाँच बजेतिर भिमसेनथापा गाउँपालिका- ३ टारीफाँट गँगटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरखा-आरुघाट सडकखण्डमा बस पल्टिँदा घाइते भएका २१ जनालाई उपचारको लागि प्राथामिक उपचार केन्द्र आरुघाट लगिएको छ। त्यसमध्येका गम्भीर अवस्थाका दुईजना घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

घाइतेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा उद्धार गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad