राजनीति


एमालेभित्रको प्रतिस्पर्धाले नेकपा विभाजन भएको होइन : सुरेन्द्र पाण्डे

एमालेभित्रको प्रतिस्पर्धाले नेकपा विभाजन भएको होइन : सुरेन्द्र पाण्डे

नेपालखबर
भदौ १६, २०८२ सोमबार १४:१६, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले तत्कालीन नेकपा विभाजन हुनुमा नेताहरूको लेनदेन जिम्मेवार भएको बताएका छन्।

‘सेन्टर फर पब्लिक पोलिसी रिसर्च’ले सोमबार गरेको अन्तरसंवादमा बोल्दै उनले एमाले र माओवादीका नेताहरुबीच अनौपचारिक लेनदेनमा पार्टी एकताबद्ध भएको र त्यो नमिल्दा विभाजन रहेको उल्लेख गरे।

‘पाओर सेयर गर्ने, अनौपचारिक लेनदेनमा पार्टी एकताबद्ध भयो,’ पाण्डेले भने, ‘चुनाव लडेर पार्टी फुटेको भन्नेमा कुनै सच्याइ छैन। निर्वाचनले पार्टी विभाजन भएको अवस्था होइन। यदि नेकपा नबनेर एमाले रहेको भए पार्टी विभाजन हुँदैनथ्यो। हामीले ढंग नजानेर विभाजन भएको हो।’

एमालेभित्रको प्रतिस्पर्धाले नेकपा विभाजन नभएको समेत उनको दाबी छ। तत्कालीन नेकपामा केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र प्रचण्डको नेतृतवमा अर्को समूह बनेको थियो। 

प्रचण्ड समूहमा माधव नेपाल लगायतका नेताहरू समेत थिए। प्रधानमन्त्री हुँदा ओलीले एक्लौटी गरेको, पार्टीका निर्णय समेत नमानेको भन्दै प्रचण्ड समूहले आरोप लगाएपछि विवाद बढ्दै गएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad