राजनीति


विद्या भण्डारीको सदस्यता रोकेको विषय विधान महाधिवेशनमा उठ्छ : सुरेन्द्र पाण्डे

विद्या भण्डारीको सदस्यता रोकेको विषय विधान महाधिवेशनमा उठ्छ : सुरेन्द्र पाण्डे

नेपालखबर
भदौ १६, २०८२ सोमबार १४:२६, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्ने विषय उठ्ने बताएका छन्।

सोमबार काठमाडौँमा भएको अन्तरसंवादमा बोल्दै उनले संविधानले नरोक्ने कुरालाई कुनै दलको विधानले रोक्न नसक्ने तर्क गरे।

‘नेपालको संविधानले कोही व्यक्तिलाइ राजनीति गर्न निषेध गरेको छैन, राष्ट्रपतिलाई पनि राजनीति नगर्नु भएको छैन,’ पाण्डेले भने, ‘संविधानले रोक्दै नरोकेको पार्टीमा लाग्दै नलाग्ने भन्ने कुरा, कुनै पार्टीले बनाएको विधानले रोक्न मिल्छ र?’

उनले एमालेको सदस्यता नवीकरण गर्नबाट न आत्तिन समेत आग्रह गरे। ‘त्यहाँ सदस्य हुने बित्तिकै कोही अध्यक्ष भैहाल्छ भन्ने हो र? तर सदस्यबाट कसैलाई बन्चित गर्न पाइदैन, विधान महाधिवेशनमा यो कुरा उठ्छ,’ पाण्डेले थपे, ‘यो पार्टी विभाज गर्न खोजेको होइन, हामीले बनाको पार्टी हामी विभाज गर्छौं? यो लडाइँ तितो, असहज हुन सक्छ तर यो लडाइँ जित्छौँ।’

यद्यपि, पाण्डेले भण्डारीको सदस्यता पार्टीले छिट्टै नवीकरण गर्न बाध्य हुने दाबी समेत गरे। ‘विद्या भण्डारीको प्रवेश रोक्दैन, त्यहाँसम्म पुग्छ जस्तो लाग्दैन,’ उनले भने, ‘हामी त्यहाँसम्म पुग्छौं जहाँसम्म अहिलेको निर्णयबाट पार्टी फर्कदैन।’

पाण्डेले महाधिवेशन प्रतिनिधिको अधिकार प्रयोग हुने समेत उल्लेख गरे।

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad