राजनीति


राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १६:३१, काठमाडौँ

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन्। आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको तालिका थियो। 

उक्त समयभित्र उनीबाहेक अरु कसैको पनि मनोनयन नपरेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन्। उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी नै छ।  

संघीय निजामति सेवा विधेयकमा कुलिङ पिरियडको प्रावधानको विषयमा चलखेल भएपछि तत्कालीन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए। 

चलखेलको छानबिन गर्न बनेको समितिले रामहरिलाई जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएका थिए। उक्त रिक्त पदमा न्यौपाने सर्वसम्मत भएकी हुन्।  

उनको प्रस्तावक समितिका निर्वतमान सभापति खतिवडा थिए भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए। 

न्यौपाने सर्वसम्मत निर्वाचित भएको घोषणा बुधबार मात्रै हुनेछ। बुधबार समितिको बैठक बस्दैछ।  न्यौपानेलाई कांग्रेस संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा गर्न लगाएर राज्य व्यवस्था समितिमा ल्याएको हो।  

पार्टीका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले यसअघिका सभापति खतिवडालाई नै दोहोर्‍याउन खोजेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित इतर समूहका नेताहरूले दीलेन्द्र बडूको नाम अघि सारेका थिए। देउवाले बडूको नाम स्वीकार नगरी न्यौपानेको नाम प्रस्ताव गरे। उनकै नाममा आज मंगलबार नै बसेको पदाधिकारी बैठकमा सहमति जुटेको थियो।

न्यौपानेले सुनुवाइ समितिबाट आजै सभामुखलाई भेटेर राजीनामा बुझाएकी हुन्। राजीनामा दिएलगत्तै उनी सुशासन समितिको सभापतिमा उम्मेदवारी दिएकी थिइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad