राजनीति


एमाले विधान महाधिवेशन तयारी: रिमाल नेतृत्वको टोलीबाट सनराइज हलको निरीक्षण

एमाले विधान महाधिवेशन तयारी: रिमाल नेतृत्वको टोलीबाट सनराइज हलको निरीक्षण

नेपालखबर
भदौ ३, २०८२ मंगलबार २०:४२, काठमाडौँ

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आउन अब १७ दिन बाँकी छ।

महाधिवेशन नजिकिँदै जाँदा त्यसको तयारी पनि तीव्ररूपमा अगाडि बढिरहेको छ। 

महाधिवेशन सुव्यवस्थित र भव्यरूपमा सम्पन्न गर्नका लागि केन्द्रीय कार्यालयले गर्नुपर्ने तयारीदेखि प्रदेश, जिल्ला लगायतका कमिटीहरूमा महाधिवेशन सन्दर्भका तयारी बैठक, विधान संशोधनमाथि छलफल र सुझाव संकलनका काम धमाधम भइरहेका छन्। 

ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २०–२२ सम्म हुने विधान महाधिवेशनको तयारीको क्रममा आज महाधिवेशन सन्दर्भका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूले महाधिवेशनस्थल सनराइज हलको निरीक्षण गरी व्यवस्थापनको कामलाई चुस्त र व्यवस्थित बनाउन आवश्यक सबै पक्षबारे अध्ययन र विमर्श गरेको एमालेले जनाएको छ।

पार्टीका उपमहासचिव विष्णु रिमालको नेतृत्वको निरीक्षण टोलीमा स्थायी कमिटी सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ, सुशीला नेपाल, केन्द्रीय सदस्य निरज आचार्य, रूपनारायण श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, बाग्मती प्रदेश कमिटी सचिव नवराज सिलवाल, ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजालगायत नेता-कार्यकर्ता सहभागी थिए।

उनीहरूले पार्टीको विधान महाधिवेशन सुव्यवस्थित ढंगले सम्पन्न गर्न मुख्य सभाहल, बैठक कक्षहरू, सचिवालय सञ्चालन कक्ष, फर्निचर व्यवस्था, सञ्चार सुविधाको व्यवस्था, मिडिया सेन्टर र मेडिकल टिमको व्यवस्थापन, खानेपानी व्यवस्था, गाडी पार्किङ स्थललगायत समग्र पक्षको निरीक्षण गरेका हुन्।

दोस्रो विधान महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad