कारोबार


एससीटी– युनियनपे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

एससीटी– युनियनपे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

नेपालखबर
भदौ ३, २०८२ मंगलबार २०:४५, काठमाडौँ

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससीटी–युनियनपे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ। 

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससीटी– युनियनपे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ। 

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्नेछन्।

यस सुबिधाले ग्राहकहरूलाई आफ्नो एससीटी– युनियनपे  कार्डबाट पीओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ-कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुने कम्पनीले जनाएको छ।  

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी– युनियनपे कार्ड जारी गर्दै आइरहेको छ। एससीटी– युनियनपे डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै एससीटीका उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट  प्राप्त गर्न सक्नेछन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad