नेपाल सरकार मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ।
बैठक केहीबेरअघि मात्र सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठकले नेपाल बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई बर्खास्त गरी नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउन सक्नेछ।
ओझा उक्त पदका लागि योग्य नभए पनि फर्जी कागजात पेस गरी नियुक्त भएको निष्कर्षसहित छानबिन समितिले प्रतिवेदन दिएको छ। उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा गठित समितिले दिएको प्रतिवेदनअनुसार अब उनलाई बर्खास्त गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेछ।
यस्तै न्याय परिषद्को परामर्शअनुसार मन्त्रिपरिषद्ले विशेष अदालतका न्यायाधीशहरू तोक्ने लगायतका एजेन्डा पनि रहेका छन्।



201
Shares

प्रतिक्रिया