नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा शिष्टाचार भेट गरेका छन्।
नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेलपछि देउवालाई भेटेका हुन्।
दुई जनाको भेटबारे सभापति देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले सचिव मिस्रीलाई आफ्नै निवासमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।
‘आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिस्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो,’ देउवाले भनेका छन्, ‘हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरतामा केन्द्रित भयो। नेपाल-भारत सम्बन्धलाई थप सुदृढ पार्नेबारे पनि छलफल भयो।’
309
Shares

प्रतिक्रिया