कर्णाली


अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८२ आइतबार १६:२, मान्म (कालीकोट)

पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। 

सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो। गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको थियो। 

राजमार्गअन्तर्गत कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने मार्ग अवरुद्ध भएकामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। उनका अनुसार आज दिउँसोदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। 
    
कर्णाली राजमार्गको खिड्की, जिउँला, गगने, बिहानी, नाग्मालगायत सबै ठाउँको अवरोध हटाएर यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad