राजनीति


प्रधानमन्त्रीलाई निम्तो दिन नेपाल आइपुगे भारतीय विदेश सचिव

प्रधानमन्त्रीलाई निम्तो दिन नेपाल आइपुगे भारतीय विदेश सचिव

नेपालखबर
भदौ १, २०८२ आइतबार ९:२३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री आज (भदौ १ गते) नेपाल (काठमाडौँ) आइपुगेका छन्। 

भारतीय वायुसेनाको विमान आईएफसी ३१ मार्फत मिस्री केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भारतले प्रधानमन्त्री ओलीलाई यही भदौ ३१ देखि असोज १ गतेसम्मका लागि आफ्नो देश भ्रमण गर्न प्रस्ताव गरे पनि मिति तय हुन बाँकी छ। 

दुई दिनका लागि नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले अब प्रधानमन्त्री ओलीसँग भेटेर आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्।

नेपाल भ्रमणका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्किनेछन्।

उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्। 

भ्रमणका क्रममा दुई देशका सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad