सुक्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा आज (आइतबार) बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको थियो।
पहिरो पन्छाएपछि सडकमा दुईतर्फी यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले अहिले सवारीसाधन धमाधम गन्तव्यतर्फ लागेको जानकारी दिए।
90
Shares

प्रतिक्रिया