राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाउन नहुने बताएकी छन्।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।
हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने उनले स्पष्ट पारिन्।
विधेयकहरू राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उनले स्पष्ट पारिन्। हतारमा काम गर्दा संसदका सबै सांसदहरू बेकुफ भएको घटना ताजै रहेको उनको भनाइ छ।
उनले भनिन्, ‘म त्यत्ति इन्टेलिजेन्स नभएर होला, तुरुन्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिन। हालैको अनुभव पनि छ। हतारको काममा लतार भएर एक जना सभापतिज्यूले राजीनामा दिनुपर्यो। त्यसैले हामीले धेरै सोच्नुपर्छ। त्यत्रो सदनमा हामी सबै सांसदहरू त बेवकुफ नै भयौँ नि त। सबैले थपडी मारेर पास गर्यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ।’
सांसद कार्कीले सदनमा र समितिमा छलफल राम्रोसँग गरेर मात्रै विधेयकहरू अघि बढाउनु उचित हुने सुझाव दिइन्।
Shares

प्रतिक्रिया