खेल


टप इन्ड टी-२० : नेपाल नर्दर्न टेरिटोरीसँग ४२ रनले पराजित

टप इन्ड टी-२० : नेपाल नर्दर्न टेरिटोरीसँग ४२ रनले पराजित

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १७:४२, काठमाडौँ

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ। 

नर्दर्न टेरिटोरीबाट १७८ रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो। ओपनर नचल्दा नेपालले मध्यम लक्ष्य भेटाउन सकेन। नेपालका ओपनर कुसल भुर्तेल ८ र आसिफ शेख ११ रनमा आउट भए। लोकेश बमले रनको खाता नै खोल्न सकेनन्। 

रोहित पौडेल २३ र कुशल मल्ल ३४ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीले १९ र गुल्शन झाले २६ रन बनाए। सोमपाल कामी १ रनमै आउट हुँदा रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा नटआउट रहे। 

थोमस एन्ड्रयुज र केन रिचडेसन २ तथा म्याट ह्यामन्डले ३ विकेट लिए। हमिस मार्टिनले एक विकेट हात पारे। 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नर्दर्न टेरिटोरीले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।  

नर्दर्न टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए। ३४ बलमा ७ चौका र एक छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे। 

त्यसअघि अर्का ओपनर ज्याकव डिकमानलाई ११ रन बनाउँदा रुपेश सिंहले क्याचआउट गराएका थिए। 

भोलि शनिबार नेपालले बंगलादेशको ‘ए’ टिमसँग खेल्नेछ। 

यसपछि नेपालको तेस्रो खेल अगस्ट १८ मा मेलवर्न स्टारको एकेडेमीसँग हुनेछ।

सिरिजको चौथो खेलमा अगस्ट १९ मा होर्बट हरिकेन्सको एकेडेमीको टोलीसँग र पाँचौ खेलमा नेपाल अगस्ट २० मा मेलबर्न रेनेगेट्सको एकेडेमी टोलीसँग भिड्नेछ। 

नेपालले समूह चरणको छैटौँ तथा अन्तिम खेलमा अगस्ट २२ मा पाकिस्तानको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल र फाइनल खेल २४ अगस्ट मा हुनेछन्।

जारी टप इन्ड टी-२० सिरिजमा ११ टोलीको सहभागी छन्। सिरिजमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान सहभागी छन्।

त्यस्तै बिगबास लिग (बीबीएल) का हर्बट हरिकेन्स, पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलवर्न स्टार तथा मेलबर्न रेनेगेट्स टोलीका एकेडेमी टोली पनि सहभागी छन्। 

त्यस्तै दुई स्थानीय टोली पनि सिरिजमा सहभागी छन्। 

कोनर क्यारोल १८, जोर्डन सिल्क १९, थोमस एन्ड्रयूजले ३२ र क्याडेल म्याकमोहनले १२ रनको योगदान गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा साहव आलमले २ विकेट लिए। रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले समान एक विकेट हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad