राजनीति


सौर्य एयर दुर्घटना छानबिन आयोगका अध्यक्ष भन्छन्- यात्रुले सिट बेल्ट बाँधेका थिएनन्

सौर्य एयर दुर्घटना छानबिन आयोगका अध्यक्ष भन्छन्- यात्रुले सिट बेल्ट बाँधेका थिएनन्

नेपालखबर
साउन २९, २०८२ बिहिबार १४:४०, काठमाडौँ

सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटीबाटै भएको सरकारी अध्ययनबाट देखिएिको छ। जहाज दुर्घटनापछि सरकारद्वारा गठित उच्च आयोगले गरेको अध्ययनले प्राविधिकभन्दा पनि जहाज दुर्घटना मानवीय त्रुटीबाटै भएको निष्कर्ष निकालेको हो।

सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशलाल सुमनले आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा यसबारे जानकारी दिँदै जहाज दुर्घटनाको कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर’, सेफ्टी म्यानेज्डमेन्ड सिस्टमका बारेमा धेरै अध्ययन गरिएको बताए।

उनका अनुसार एयरपोर्टबाट जहाज उड्न थालेपछि ट्याक्सी वेबाट जहाज मेन रनवेतर्फबाट जहाज कोटेश्वरतर्फ उडेको देखिन्छ। त्यसपछि १८० डिग्रि मोडिएर त्यहाँ इन्जिनलाई टेकअप गरेलगत्तै जहाज दुर्घटना भएको देखिन्छ। १९ जना यात्रुमध्ये १ जना क्याप्टेनमात्रै जीवित थिए। १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। क्यापटेनको अवस्था चिन्ताजनक रहेको थियो।

आयोगका अध्यक्ष भन्छन्- 
यो जहाज सुरुमा रनवेमा दाहिने पखेटा ठोक्किएको र त्यसपछि एयर डाइनेस्टिक हेलि सर्भिसको कन्टेनरमा ठक्कर लागेको देखिन्छ। कन्टेनरमा ठक्कर लागिसकेपछि पल्टियो। त्यसबेलामा उसको कपिट भाँचिएर खाल्डोमा झरेको देखिन्छ। त्यही कपिटमा तीन जना पर्नुभयो। जसमा क्यापटेन, कोपाइलट र इन्जिनियर हुनुहुन्थ्यो। कपिटबाट एक जना इन्जिनियर आफैँ जीवितै निस्कनुभएको थियो। त्यसपछि प्रहरीहरूले उहाँलाई उद्धार गरेर बाहिर ल्याउनुभएको थियो।

त्यतिबेला अरु दुई जना पनि जीवित हुनुहुन्थ्यो। तर ढिला भयो उहाँहरू दुई जनालाई बचाउन सकिएन। रेस्क्यूतर्फ पनि हामीले धेरै खोतल्यौं अध्ययनका क्रममा जसबाट धेरै कुरा पत्ता लाग्यो। जहाज दुर्घटना हुँदा एयर ड्राइनेस्टिकको कन्टेनरसँगै एयरपोर्टको केही पूर्वाधारलाई क्षति गरेको थियो। जहाजमा क्यापटेन ६ हजार ८५ घण्टा उड्नु भएको छ। ४ हजार ९ सय २२ घण्टा यही किसिमको जहाज उडाउनुभएको छ। मानवीय त्रुटीको कुरा गर्दा पाइलटको डयूटि टाइम हेरिएको थियो, जसमा ७ दिनमा ४ घण्टा ४० मिनेट उड्नुभएको देखिन्छ। पाइलट त्यसबेला धेरै उड्नु भएको थिएन भन्ने देखिन्छ। थकान धेरै थियो भन्ने त्यस्तो देखिन्न।

उनका अनुसार कोपाइलटले पनि यही जहाजबाटै करिअर सुरु गरेको देखिन्छ। कोपाइलट १८ सय २४ घण्टा र यो जहाजमा १६ सय २ घण्टा कोपाइट उडेको देखिन्छ। दुर्घटना भएको जहाज उड्दा उनी थकित देखिँदैनन्। नागरिक उड्यानको नियमअनुसार महिनामा १०० घण्टा र वर्षमा १००० घण्टा भन्दा बढी उड्न पाइँदैन।  त्यसैले दुर्घटनामा परेका पाइलट, को-पाइलटले कडा ड्युटी गरेको अध्ययनबाट नदेखिने सुमनको भनाइ छ। 

दुर्घटनाग्रस्त जहाज क्यानडामा बनेको जहाज थियो। २००३ मा निर्माण भएको उक्त जहाजमा दुइवटा इन्जिनहरू थिए। यो जहाज दुर्घटना हुँदा मौसम एकदमै ठिक रहेको थियो। दुर्घटनामा मौसमको कुनै पनि भूमिका देखिँदैन। जहाजमा त्यस्तो खालको टेक्निकल खराबीहरू देखिँदैन। कुनै पनि सिस्टममा जहाज दुर्घटनाका क्रममा खराबी भएको नदेखिने जाँझबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ।

आयोगका अध्यक्ष सुमनकाअनुसार जहाजमा चढेका धेरैजसो यात्रुले सिट बेल्ट नबाँधेको देखिन्छ। सिसि टिभि फुटेजहरू हेर्दा ४० सेकेण्डमै दमकल आगलागी भएको ठाउँमा पुगेको देखिन्छ। तर दुर्घटनाग्रस्त क्षेत्रमा खाल्डो भएका कारण दमकलले सडकका लागि पहुँच पाएन। नजिकको कपिट भएको ठाउँमा गएर दमकले आगो निभाएको अध्ययनबाटै देखिन्छ। कन्फर्टेवल बाटो नभएका कारण रेसक्युमा ढिला भएको देखिएको छ। 

सौर्य एयरको विमानस ०८१ साउन ८ गते दुर्घटनामा परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad