प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र रासयनिक मलको प्रभावकारी वितरणको ठोस प्रश्तावसहित उपस्थित हुन कृषि, तथा पशुपंक्षी विकासमन्त्रीलाई निर्देशन दिएका छन्।
रासयनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मंगलबार कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गरेका हुन्। रासायनिक मलको उपलब्धता, आपूर्तिको विषय गहन छलफल भएको बताए।
यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन? भन्दै प्रश्न गरे। प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यथेष्ठ मात्रामा मल उपलब्ध नभएको र प्रभावकारी वितरण किन हुन नसकेको भन्दै अब प्रभावकारी वितरण गर्ने ठोस प्रस्तावसहित उपस्थित हुन तीन दिनको समय दिएको जानकारी दिए।
उनले रासयनिक मल अहिले पनि उपलब्ध रहेको र आयात पनि भइरहेको बताए। वितरण प्रभावकारी हुन नसेककोबारे प्रधानमन्त्रीको चासो छ।
मन्त्री भण्डारीले भने, ‘यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन भनेर प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक चासो राख्नुभएको छ। यद्यपि अहिले पनि रासयनिक मल उपलब्ध छ। आयात पनि भइरहेको छ। त्यसलाई वितरण जसरी हुनुपर्ने हो त्यसरी हुन सकेन। समग्र विषयलाई तीन दिनभित्र ठोस प्रश्तावसहित आउन कृषि मन्त्रालयलाई निर्देश भएको छ। नेपालमा मल कारखानाका लागि आवश्यक तयारीका लागि उद्योग मन्त्रालयलाई निर्देश भएको छ।’
प्रधानमन्त्री ओलीले नेपालमा मल कारखानाका लागि आवश्यक तयारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका पनि मन्त्री भण्डारीले बताए।
Shares

प्रतिक्रिया