अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सबै संघीय अस्पतालमा पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा हुने भीड व्यवस्थापनका लागि डिजिटल भुक्तानी सुरु गर्ने निर्णय गरेको जानकारी दिए।
डिजिटल भुक्तानी भए-नभएको मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमनसमेत गर्नेछ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अस्पतालहरूले मन्त्रालयसमक्ष जनाएको ९ बुँदे प्रतिबद्धताअन्तर्गत नै भिड व्यवस्थापन गर्ने विषयसमेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए।
48
Shares

प्रतिक्रिया