इलेक्ट्रिक दुईपांग्रे सवारी ब्रान्ड याडियाले नेपालमा याडिया भेलाक्स सिरिज नेपालमा सार्वजनिक गरेको छ।
कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले नाइमा मोबिलिटी एक्स्पोमा दुईपांग्रे सिरिज सार्वजनिक गरेको हो।
भेलाक्स सिरिजमा भेलाक्स यू (अल्ट्रा पर्फमेन्स), भेलाक्स फास्ट चार्जिङ र भेलाक्स एच (हाइ पर्फमेन्स) रहेको छ।
भेलाक्स यूमा ४.९ केडब्लु मोटर र ७४ भी २०एएच डुअल लिथियम आयन ब्याट्रीको साथमा आएको छ। यसले १४० किमि रेन्ज र ८० किमि प्रतिघण्टा गति दिन्छ।
त्यस्तै भेलाक्स फास्ट चार्जिङमा ३.२ किलोवाट मोटर र ७६ भी ३०एएच ब्याट्रीमा आएको छ। यो मोडल २० मिनेटमै ८० प्रतिशत चार्ज हुनसक्छ भने ११० किमिसम्मको दूरी तय गर्न सक्छ।
यता भेलाक्स एचमा ३.२ केडब्लु मोटर र ७२ भी ३० एएच ब्याट्रीसहित आएको छ। यसको रेन्ज १०० किमि छ।
यी स्कुटरहरुमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट र स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, यूएसबी चार्जिङ पोर्ट, एलईडी लाइट र पूर्ण डिजिटल ड्यासबोर्डजस्ता फिचर छन्।
कम्पनीले भेलाक्स मोडलहरुमा ३ वर्ष वा ३० हजार किमिको वारेन्टी दिएको छ। कुजु नेपालका १२ बढी आधिकारिक डिलरहरुमा यी स्कुटर किन्न पाइनेछ। टेस्ट राइड, प्रिबुकिङ र फाइनान्सिङ सुविधाहरु यसमा छन्।
Shares

प्रतिक्रिया