राजनीति


स्वास्थ्य क्षेत्रमा जनशक्ति थपौँ: शक्ति बस्नेत

स्वास्थ्य क्षेत्रमा जनशक्ति थपौँ: शक्ति बस्नेत

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८२ बुधबार १४:१७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नपाएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

दरबन्दी भएका अस्पतालहरुमा समेत जनशक्ति आपूर्तिन हुन नसकेको उनको भनाइ छ। उनले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरुका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताए। 

उनले तीन तहको सरकारबीच आवश्यक समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न माग गरे। 
 

सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad