कारोबार


कति छ टीभीएस रोनिनको मूल्य?

कति छ टीभीएस रोनिनको मूल्य?

नेपालखबर
साउन २१, २०८२ बुधबार १४:२३, काठमाडौँ

बुधबार टीभीएस रोनिनको मूल्य सार्वजनिक गरिएको छ।

नाइमा मोबिलिटी एक्स्पोका दौडान रोनिनको मूल्य सार्वजनिक गरिएको हो। 

यसअनुसार ग्राहकले टीभीएस रोनिन ४ लाख ५९ हजार ९ सय रुपैयाँमा किन्न सक्नेछन्। 

सिंगल सिलिन्डरको यो बाइकमा ४ स्ट्रोक, ४ भल्भ छन्। २२५.९ सीसीको यो बाइक आयल क्ुल्ड हो। यसको अधिकतम पावर ७७५० आरपीएममा १५.०१ केडब्लु (२०.४ पीएस) छ। यसको अधिकतम टर्क ३७५० आरपीएममा १९.९३ एनएम छ।

हेडल्याम्प, ब्रेक टेल ल्याम्प, टर्न सिग्नल ल्याम्प सबै एलईडी छन्। डिजिटल फ्युल गज भएको यो बाइकको स्पिडोमिटर पनि पूर्ण डिजिटल नै छ। 

५ गियरको यो बाइक एफआई फ्युल सिस्टममा आधारित छ। यसको क्लच असिस्ट र स्लिपर छ। अगाडि र पछाडिका टायरहरु क्रमशः ११०/७० र १३०/७० ट्युबलेस छन्। ९ स्पोक अलोय ह्विल्स, ३०० एमएम र २४० एमएम अगाडि पछाडि डिस्क ब्रेक यो बाइकमा दिइएको छ। साथै डुअल च्यानल एबीएस ब्रेकिङ प्रणाली यो बाइकमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad