संघीय निजामती विधेयकअन्तर्गत कुलिङ पिरिड प्रावधानमाथिको गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ।
नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहेको समितिले मंगलबार घिमिरेलाई प्रतिवेदन बुझाएको हो।
कर्मचारीले राजीनामा बुझाए वा अवकाशपछि संवैधानिक नियुक्तिका लागि दुई वर्ष कुनुपर्ने प्रावधान खण्डित भएकोबारे छानबिन गर्न समिति गठन गरिएको थियो।
समितिले मंगलबार बिहान सर्वसम्मतरूपमा प्रतिवेदन तयार पारेको थियो। जसमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्याइएको छ।
171
Shares

प्रतिक्रिया