राजनीति


माओवादी स्थायी समिति बैठकमा आज प्रचण्डले जवाफ दिने

माओवादी स्थायी समिति बैठकमा आज प्रचण्डले जवाफ दिने

नेपालखबर
साउन १९, २०८२ सोमबार ८:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज (सोमबार) अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन्।

पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले उत्तर दिने भएका हुन्। 

त्यसअघि महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्।

शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका नेताले धारणा राखिसकेका छन्। 

अब आज वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव गुरुङले धारणा राखेपछि प्रचण्डले जवाफ दिनेछन्।

त्यसपछि बैठक समापन गरिने माओवादीले जनाएको छ। 

बैठकमा प्रचण्डको दस्तावेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीलगायत केही नेताले प्रश्न उठाए पनि धेरैले समर्थन गरेका छन्।

विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad