नेपालमा पनि दैनिकजसो कोरोना भाइरसबाट संक्रमित (कोभिड-१९) को संख्या थपिन थालेपछि सरकारले त्यस्तो संक्रमणबाट मृत्यु भएकाको शव दाहसंस्कार गर्ने छुट्टै कार्यविधि बनाएको छ।
कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टि अन्य कारणले मृत्यु भएका मानिसको भन्दा भिन्नै तरिकाले गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि बनाएको हो।
कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शववाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्नेछ।
त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्नेछ।
कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव कम चलाउने र शवमा लगाइएका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने नियम चैत्र २५ गते जारी कार्यविधिमा उल्लेख गरिएको छ।
त्यस्तै शवलाई सकेसम्म चाँडो घाटमा पुर्याउनुपर्ने, ६० वर्ष कटेका र दीर्घ रोगीलाई कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा त्यस्ता मृतकको पोस्टमार्टम सामान्यतया गर्न नपर्ने र गर्नुपर्ने भए पनि सावधानी अपनाएर मात्रै गर्न कार्यविधिमा भनिएको छ।
मृतकका परिवार वा आफन्तले १ मिटर परबाट मात्र शव हेर्न पाउने उल्लेख गरिएएको छ।
हेराैँ कार्यविधि:
Shares
प्रतिक्रिया