ad ad

समाज


गुल्मी र बागलुङको सीमानामा ताला लगाएर आउजाउ बन्द

गुल्मी र बागलुङको सीमानामा ताला लगाएर आउजाउ बन्द

थमन थापा
बैशाख २, २०७७ मंगलबार ९:७,

बागलुङको गलकोट र गुल्मीको मुसीकोट नगरपालिकामा आउजाउ बन्द गर्ने बाटो बन्द गरिएको छ।

बागलुङ र गुल्मीको सिमाना गलकोट नगरपालिका वडा नं ८ काँडेबास र मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङकोट सादी खोलामा बन्द गरिएको हो। काँडेबार वामीटक्सार सडकमा बाँसको तगालोसहित ताला लगाईएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए।

एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लादेखि अर्को जिल्ला र पालिकामा कोरोना संक्रमण फैलिन नदिन नाकामा तगालो लगाइएको वडा अध्यक्ष कँडेलले बताए। गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाको आपसी समझदारीमा नाका सिल गरिएको हो। लक डाउन अवधिभर अत्यावश्यकीय कामकाजको लागि गाडी र मान्छे आवतजावत गर्न सकिने मुसिकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरेश खरेलले जानकारी दिए।

उक्त रुट भएर चल्ने सवारी साधन र हिँडडुल गर्ने मानिसले स्थानीय तहमा जानकारी गराउनु पर्ने बताइएको छ। बिरामी, खाद्यान्न लगायतका कामकाजको लागि नाका खुलाइने स्थानीय सुरेन्द्र छन्त्यालले जानकारी दिए। यो नाका भएर छिमेकी मुलुक भारत, सुनौली, भैरहवा, बुटवल, पाल्पा, गुल्मीका विभिन्न स्थानमा आवतजावत गर्न सकिन्छ।

सोमबार बडिगाड गाउँपालिकाले बडिगाड र गलकोटको सिमाना गिरङदी खोला पुलमा नाका सिल गरेसँगै यो नाका वैकल्पिक मार्गको रुपमा प्रयोग हुने हुँदा उक्त जोखिम कम गर्न नाका सिल गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए। अहिले नाका सिल गरिएसँगै तगालोको चाबी वडा अध्यक्ष राम प्रसाद कँडेल, समाजसेवी सुरेन्द्र छन्त्याल र नाका नजिकका स्थानीय भविलाल गौतमसँग रहने गरी व्यवस्थापन गरिएको छ।

नाका सिल गरिएसँगै आम नागरिकलाई अत्यावश्यक काम परे दुवै तर्फका वडा कार्यालयलाई आधिकारिक जानकारी गराउनु पर्ने वडा कार्यालयले जनाएका छन्। लक डाउनको पुर्ण पालना गरि कोरोना संक्रमणलाई फैलिन नदिन गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाले आम नागरिकलाई अपिल समेत गरेका छन्।

बागलुङमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सतर्कता बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .