राजनीति


विद्या भण्डारीलाई संकेत गर्दै प्रचण्डले भने: एमालेमा जबज उत्तराधिकारीको अन्योल छ

विद्या भण्डारीलाई संकेत गर्दै प्रचण्डले भने: एमालेमा जबज उत्तराधिकारीको अन्योल छ

नेपालखबर
साउन १०, २०८२ शनिबार १३:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी दुवै दल नेपाली कांग्रेस र नेकपा एमालेमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँको सीतापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले सत्ता रहेका दुवै दलको आलोचना गरेका हुन्। 

यस क्रममा उनले विशेष गरी हाल एमालेमा देखिएको अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको टकराबलाई निसाना बनाए। 

उनले भने, ‘एमालेभित्र वैचारिक संकट छ, जबजको उत्तराधिकारीको अन्योल छ।’

साथै प्रचण्डले एमाले अध्यक्ष ओलीले मदन भण्डारीविरुद्ध गरेका टिप्पणीलाई ‘वैचारिक दिशाहीनता’को संज्ञा दिए।

भण्डारीलाई एमालेमा निषेध गरेका अध्यक्ष ओलीले उनका श्रीमान्‌समेत रहेका तत्कालीन महासचिव मदन भण्डारीविरुद्ध चारवटा श्रीमती राखेकोदेखि सहकारी ठगी गरेसम्मका झुटा आरोप लागेको थियो भनेर टिप्पणी गरेका थिए।

अहिले एमालेमा भण्डारी र ओली पक्षबीच अन्तरद्वन्द्व छ।

एमालेका पूर्वउपाध्यक्ष भण्डारी आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उठ्ने अभियानमा छिन् भने एमाले केन्द्रीय कमिटी बैठकले भने उनको सदस्यता नै खारेज गर्दै राजनीति गर्न रोक लगाएको छ। 

तर भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरी मदन भण्डारीले दिलाएको आफ्नो सदस्यता कसैले खारेज गर्न नसक्ने चेतावनी दिएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad