प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले जननेता मदन भण्डारीमाथि चारवटा श्रीमती राखेकोदेखि सहकारी ठगी गरेसम्मको झुटा आरोप लगाइएको बताएका छन्।
मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको मदन जयन्ती कार्यक्रममा उनले ती आरोपमा कुनै सत्यता नभएको बताए।
‘मदन भण्डारीको धेरै चरित्र हत्या गरियो,’ ओलीले भने, ‘लान्छाना लगाइयो। ४ वटी श्रीमती छन् भनेर आरोप लगाइयो। त्यस्ता कुरा पनि बोलियो। त्यसको प्रमाण कसले खोज्न जाने?’
उनले थपे, ‘सहकारी ठगेर हिँडेको हो, आदि इत्यादि आरोप लगाइयो। सहकारीको ठग भनेर। कुनै आधार, सम्पर्क, साइनो केही पनि थिएन। शत प्रतिशत झुट आरोप लगाइयो।’
1.3k
Shares

प्रतिक्रिया