राजनीति


दिनरातको कामले थकित भएको छु: प्रधानमन्त्री

दिनरातको कामले थकित भएको छु: प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८२ शुक्रबार ६:४५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जामा उनले थकित भएकाले हिजो (बिहीबार)बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको पनि जानकारी दिएका छन्। 

आज भने खडेरीको कारण सुख्खाग्रस्त बनेको महोत्तरी र बाराको अवलोकनको लागि जान लागेको ओलीले बताएका छन्।

‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु। तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।’

प्रधानमन्त्री ओलीले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरि मटिहानी वडा नम्बर ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिएका छन्।

त्यसैगरि प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोलामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रमसमेत छ।

प्रधानमन्त्रीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नेसमेत कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad