ad ad

राजनीति


कोरोना संक्रमित बेलायतका ५५ वर्षे प्रधानमन्त्री उपचारपछि भए स्वस्थ

कोरोना संक्रमित बेलायतका ५५ वर्षे प्रधानमन्त्री उपचारपछि भए स्वस्थ

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १:२८,

कोरोना भाइरस (कोभिड-१९) संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि स्वस्थ भएका छन्।

पछिल्लो परीक्षणमा कोरोना भाइरस नेगेटिभ (नभएको) देखिएपछि उनलाई अस्पतालबाट घर लगिएको बेलायत प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण देखिएपछि ५५ वर्षीय जाेनसन १० दिनसम्म घरमै आइसोलेसनमा बसेका थिए। तर स्वास्थ्य सुधार नभएपछि उनलाई गत चैत २४ गते लन्डनस्थि अस्पताल भर्ना गरिएको थियो।

तर अहिले कोरोना भाइरसबाट मुक्त भएकाले उनलाई अस्पतालबाट डिस्चार्च गरिएको उनको प्रवक्ताले बीबीसँग बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .