कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ५४ सय १ जनाको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख १९ हजार ५ सय ९८ पुगेको छ।गएको २४ घन्टामा विश्वभर ७१ हजार ४ सय ४ कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
वल्र्डओमिटरका अनुसार मंगलबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या १९ लाख २३ हजार ७ सय ६९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४ लाख ४३ हजार ९ सय २२ उपचारपछि निको भएका छन्।
गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा १५ सय १६ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २३ हजार ६ सय २१ र संक्रमितको संख्या ५ लाख ४६ हजार ८ सय ६६ पुगेको छ।
अमेरिकापछि गएको २४ घन्टामा युकेमा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ७ सय १७ जनाको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ मृतकको संख्या ११ हजार ३ सय २९ पुगेको छ।
त्यसैगरी फ्रान्समा सोमबार ५ सय ७४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १४ हजार ९ सय ६७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ३६ हजार नाघेको छ।
स्पेनमा सोमबार ५ सय ७४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ हजार ७ सय ५६ पुगेको छ भने संक्रमितको संख्या १ लाख ७० हजार नाघेको छ।
इटालीमा सोमबार ५ सय ६६ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या २० हजार ४ सय ६५ पुगेको छ। संक्रमितको संख्या १ लाख ५९ हजार ५ सय १६ पुगेको छ।
त्यसैगरी बेल्जियममा सोमबार ३ सय ३ जनाको मृत्यु भएको छ भने जर्मनीमा १७२, इरानमा १११, ब्राजिलमा १०५, टर्कीमा ९८, नेदरल्यान्डमा ८६, क्यानाडामा ६३ जनाको मृत्यु भएको छ।
हाम्रो छिमेकी देश भारतमा सोमबार कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ३ सय ५८ पुगेको छ भने संक्रमितको संख्या १० हजार नाघेको छ।
प्रतिक्रिया