राजनीति


भण्डारीको सदस्यता २०८१ सालमै नवीकरण गरिएको हो तर अहिले बेवसाइटबाट रातारात हटाइयो: ईश्वर पोखरेल

भण्डारीको सदस्यता २०८१ सालमै नवीकरण गरिएको हो तर अहिले बेवसाइटबाट रातारात हटाइयो: ईश्वर पोखरेल

नेपालखबर
साउन ८, २०८२ बिहिबार ९:११, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता विवरण रातारात पार्टीको बेवसाइटबाट हटाइएको दाबी गरेका छन्। 

पोखरेलले भण्डारीको पार्टी सदस्यता २०८१ सालमै नवीकरण गरिसकिएको तर अहिले विवरणबाट हटाइएको जिकिर गरेका हुन्। 

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पोखरेलले बुधबार भनेका छन्, ‘उहाँको ६४१ नम्बरको पार्टी सदस्यता छ, वेबसाइटमा देखाइएको विवरण राति हटाइएको भन्ने कुरा सुनेको छु।’

यस्तै उनले एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा आउन रोक लगाउने निर्णय गर्दैमा नरोकिने दाबी पनि गरेका छन्। 

‘राजनीति गर्न नपाइने भए संविधान वा विधानमा स्पष्ट उल्लेख हुनुपर्थ्यो, पार्टीका निर्णयहरू पनि त्यसैअनुसार हुनु जरुरी छ’, पोखरेलले अन्तर्वार्तामा भनेका छन्, ‘एकपल्ट निर्णय सुनाइयो भन्दैमा विषय क्लोज भयो भन्ने मलाई लाग्दैन। यो त पार्टीभित्र बहस र सरसल्लाहको विषय हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad