बागमती


काठमाडौँको प्रज्ञा भवनअगाडि बिजुलीको पोलमा स्कुटर ठोकिँदा युवतीको मृत्यु

काठमाडौँको प्रज्ञा भवनअगाडि बिजुलीको पोलमा स्कुटर ठोकिँदा युवतीको मृत्यु

नेपालखबर
साउन ८, २०८२ बिहिबार ९:२५, काठमाडौँ

काठमाडौँको प्रज्ञा भवनअगाडि सडकमा आज (बिहीबार) बिहान स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ। 

प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा स्कुटर चालक उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भई हाल काठमाडौँको वनस्थली बस्ने अन्दाजी २५ वर्षीया समीक्षा रिजालको मृत्यु भएको हो। 

उनले चलाएको बा. प्र. ०२-०३४५३४५८ नम्बरको कालो, निलो रङको स्कुटर कमलादीबाट घण्टाघरतर्फ जाँदै गर्दा आज (बिहीबार) बिहान २:३० बजे काठमाडौँ-२८ प्रज्ञाभवन मेघालयअगाडि बिजुलीको पोलमा ठोकिएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएकामा  बिहीबार बिहान २:४५ बजे चिकित्कसकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad