राजनीति


जनार्दनलाई प्रचण्डको जवाफ- प्रशस्त सिंगौरी खेल्न दिएको छु, देशैभरि लिएरै हिँडेँ

जनार्दनलाई प्रचण्डको जवाफ- प्रशस्त सिंगौरी खेल्न दिएको छु, देशैभरि लिएरै हिँडेँ

तस्बिरः सीएम प्रचण्ड


नेपालखबर
साउन ७, २०८२ बुधबार १७:४३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै पार्टीभित्र सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित ‘पुष्पलाल स्मृति दिवसमा समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा त्यस्तो सिंगोरी खेल्ने मान्छेलाई आफूले परामर्श भन्दै देशैभरी लिएर हिँडेको बताए। 

‘हिले पनि केही साथीहरुले ल त भनेर अलिअलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ,’ प्रचण्डले भने, ‘उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु। सिंगौरी खेल्न मन लागे खेल्नुस् भनेर दिएको छु। डेढ महिना परामर्श भन्दै देशैभरी लिएरै हिँडेँ मैले। यो भन्दा बढी गर्ने के हो जनवाद?’

भिन्न मतलाई दमन गर्ने कमजोरी आफ्नो नभएको भन्दै उनले पार्टी छोडेर गएका कुनै पनि नेतालाई आफूले कारबाही नगरेको जिकिर गरे।

‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन, भिन्न मतप्रति अलि बढी उदार भने मेरो कमजोरी हो,’ प्रचण्डले भने, ‘मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो। मैले कसैलाई कारबाही गरिनँ।’

उनले थपे, ‘कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल, अरु अरु थुप्रै थुप्रै। कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहीँ छैन। तर कतिपय साथीहरुलाई लाग्छ, ननिकालेर के गर्ने बस्ने ठाउँ नै नदिएपछि। त्यो पनि सत्य होइन। मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु।’

मंगलबार आयोजित पुष्पलाल स्मृति दिवसकै कार्यक्रमा शर्माले कम्युनिष्ट पार्टीभित्र प्रश्न सुन्न छोडिएको र जनवाद समाप्त भएर केन्द्रीयता मात्रै बाँकी रहेको टिप्पणी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad