राजनीति


नेपालका कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्ड जस्ता भएः जनार्दन शर्मा

नेपालका कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्ड जस्ता भएः जनार्दन शर्मा

नेपालखबर
साउन ६, २०८२ मंगलबार १७:४५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। कम्युनिष्ट पार्टीहरूभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरणहरू नै हराउँदै गएको उनको भनाइ छ।

उनले जनवादी केन्द्रियताको कुरा गर्ने कम्युनिष्ट पार्टीहरूमा जनवाद हराउँदै गएको बताए। उनले कम्युनिष्ट पार्टीहरूको केन्द्रियता नोकरशाही केन्द्रियतामा परिणत भएको भन्दै समिक्षा गर्ने बेला भएको पनि बताए। 

उनले भने, ‘आज कम्युनिष्ट पार्टीभित्र प्रश्न सुन्न पनि सकिँदैन। प्रश्न सुन्न नेतृत्व तयार हुँदैन। जनताले प्रश्न गर्छ, हामी कान थुनेर बस्छौँ। यस्तो प्रवृत्ति विकास हुँदा हामी जनवादी केन्द्रीयताको कुरा गरिराखेका छौँ। जनवाद समाप्त भयो। केन्द्रियता मात्रै बाँच्यो। केन्द्रियता पनि केन्द्रियता रहेन नोकरशाही केन्द्रीयतामा बदलियो। त्यतिमा मात्र सिमित भएन त्यो सामन्ती निरङ्कुशतामा बदलियो। र कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्डहरू जस्ता बन्न थाले। यो अवस्था आजको अवस्था हो।’

उपमहासचिव शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरूले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको बताए।

कम्युनिष्ट पार्टीहरूले ९ पटक सरकारको नेतृत्व गरेको भएपनि देशमा गरिबी, दलित र जनजातिमाथिको उत्पीडन, महिला हिंसा र बेरोजगारी हटाउन नसक्नु गम्भीर समस्या भएको उनको भनाइ छ। 

उनले कम्युनिष्ट पार्टीहरू कुर्सीको खेलमा अल्मलिँदा जनताले निकाश नपाएको बताए। उपमहासचिव शर्माले ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौँर? के बदल्यौँ? के पूरा गर्‍यौँ वा किन गरेनौँ? यो गम्भीर प्रश्न छ। कम्युनिष्ट आन्दोलन सुधार गर्ने वा विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिष्ट नेताहरूले बोक्नुपर्ने उनको धारणा छ। 

उनले भने, ‘९ पटक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशो गरिबीको अवस्था, उत्पीडित जाति, दलितहरूको अत्याचार र महिला हिंसामाथिको अत्याचार जमाइराख्या छ। अहिले जनजातिका पहिचानका मुद्दाहरू हराइरहेका छन्। आज हाम्रा लाखौं युवाहरू विदेशी भूमिमा पसिना बगाइरहेका छन्। आज हाम्रो देशको जमिन बाझो छ। खण्डहर बन्दै गएको छ। यही कम्युनिष्ट पार्टीप्रति फर्किएको इतिहासको सबैभन्दा कटु प्रश्न हो।’

उनले ननेपालका कम्युनिष्ट नेताहरूले सेटिङमा असुली धन्दा गरेकै ठहर भएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad