संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
राष्ट्रिय सभाको मंगलबारको बैठकले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन्।
प्रस्तावलाई सर्वसम्मत रुपमा सभाका सदस्यहरूले सहमति जनाएको राष्ट्रिय सभा अध्यक्षले घोषणा गरे।
बैठकले गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत स्वीकार गरेको छ।
Shares

प्रतिक्रिया